विप्रेषण आप्रवाह ८ खर्ब ७१ अर्ब रुपैयाँ
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मंगलबार प्रतिनिधी सभाको बैठकमा ‘देशका वर्तमान आर्थिक अवस्थाको जानकारी’ प्रस्तुत गरेका छन् ।
सरकारले आज श्वेपत्र जारी गरेकोमा आर्थिक वर्ष २०७७।०७८ को एघार महिनामा ८ खर्ब ७१ अर्ब रुपैयाँ प्राप्त भएको छ । आव २०७३।७४ मा वैदेशिक रोजगारीबाट ६ खर्ब ९५ अर्ब विप्रेषण आय प्राप्त भएको थियो ।
विप्रेषण आप्रवाहमा रहने अनिश्चियताले गर्दा विदेशी मुद्रा आर्जनको भरपर्दो विकल्प तयार गर्नुपर्ने आवश्यकता रहेको अर्थमन्त्री शर्माले बताएका छन् ।
साथै अर्थमन्त्री शर्माले विप्रेशणबाट प्राप्त रकमको ठूलो हिस्सा उपभोगमा खर्च हुने प्रवृत्ति कायमै हरेको बताए । उनका अनुसार यस्ता आयको ७० प्रतिशत भन्दा बढी रकम उपभोगमा खर्च हुने गरेको अध्ययने समेत देखाएको छ ।
विप्रेषण आप्रवाहबाट अर्थतन्त्रमा पुगेको योगदानको मूल्याङ्कन गरी यसलाई उत्पादनशील क्षेत्रमा आकर्षित गर्नुपर्ने देखिएको उनले बताए । साथै वैदेशिक रोजगारीमा रहेको उच्च निर्भरता क्रमशः न्यूनीकरण गर्दै नेपालको आर्थिक विकासमा जनसांख्यिक लाभको उपयोग गर्न आन्तरिक रोजगारीको अवसरहरु सिर्जना गर्नुपर्ने अर्थमन्त्री शर्माको भनाई छ ।