लघुबीमाको अनुपात ६ प्रतिशत, साना तथा मझौला व्यवसायलाई लघुबीमामार्फत बीमाको विस्तारमा अर्थमन्त्री शर्माको जोड

२६ श्रावण २०७८, मंगलवार १५:४३

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालको बीमा क्षेत्रमा प्रभावकारी परिचालन हुन नसक्दा बीमाको पहुँच विस्तार प्रभावकारी रुपमा हुन नसकेको बताएका छन् । आज संसदमार्फत सरकारको स्वेतपत्र सार्वजनिक गर्दै लघुबीमाको अनुपात जम्मा ६ प्रतिशत मात्रै रहेको उल्लेख गर्दै साना तथा मझौता व्यवसायलाई लघुबीमामार्फत बीमाको दायरामा ल्याउन नसकिएको औल्याएका छन् ।

अर्थमन्त्री शर्माले देशको जनसंख्याको करिब २७ प्रतिशत जनतामा बीमाको पहुँच विस्तार भएको उल्लेख गर्दै बीमा क्षेत्रमा सुशासन र व्यवसायिक दक्षता बृद्धि गरेर अघि बढ्नुपर्ने आवश्यकता औल्याएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*