नेप्से ५१ अंकले बढ्दा १७ अर्ब माथिको कारोबार, १० समूहमा छायो हरियाली

२६ श्रावण २०७८, मंगलवार १५:१९

काठमाडौं । आज नेप्से परिसूचकमा सुधार देखिएको छ । मंगलबार नेप्से परिसूचक ५१.९७ अंकले बृद्धि भई ३१६१.५६ विन्दुमा कायम भएको छ ।

साताको तेस्रो दिन मंगलबार २२५ कम्पनीको ३ करोड ३५ लाख ३५ हजार २१३ कित्ता शेयर किनबेच हुँदा १७ अर्ब ८४ करोड ६१ लाख ४७ हजार २७८ रुपैयाँको कारोबार भएको छ ।

नेप्से समूहमा रहेका १३ उपसूचक मध्ये ३ समूह बाहेकका सबै समूहमा हरियाली छाएको छ । आज सर्वाधिक विकास बैंक समूहमा ४०६.४४ अंकले बृद्धि भएको हो भने सर्वाधिक व्यापार समूहमा ६७.२८ अंकले घटेको हो ।


त्यस्तै, सर्वाधिक कारोबार हुने कम्पनीमा अपर तामाकोशी हाइड्रोपावर रहेको छ । कम्पनीको आज ८९ करोड ५८ लाख ९३ हजार ५३६ रुपैयाँको कारोबार भएको हो ।

साथै ११ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ भने ५ कम्पनीको सर्किट लेभलमा कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*