कृषि विकास बैंकको ऋणपत्र सूचीकृत
२६ श्रावण २०७८, मंगलवार १५:०९
काठमाडौं । कृषि विकास बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकरण भएको छ नेप्सेमा बैंकको १ हजार अंकित दरका ६ अर्ब रुपैयाँ बराबरको ६० लाख कित्ता बराबरको कृषि ऋणपत्र नेप्सेमा सूचिकरण भएको छ ।
बैंकले ४ प्रतिशत व्याजदर रहेको ’कृषि ऋणपत्र’, को सूचिकरण गरी कारोबारका लागि नेप्सेमा सूचीकृत भएको हो ।उक्त सम्झौतामा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय र नेप्सेका तर्फबाट सिईओ चन्द्र सिहं साउदले हस्ताक्षर गरेका छन् ।