अपर तामाकोशी सहित आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
२६ श्रावण २०७८, मंगलवार १५:०९
काठमाडौं । साताको तेस्रो दिन मंगलबार २२५ कम्पनीको ३ करोड ३५ लाख ३५ हजार २१३ कित्ता शेयर किनबेच हुँदा १७ अर्ब ८४ करोड ६१ लाख ४७ हजार २७८ रुपैयाँको कारोबार भएको छ ।
आज सर्वाधिक कारोबार हुने कम्पनीमा अपर तामाकोशी हाइड्रोपावर रहेको छ । कम्पनीको आज ८९ करोड ५८ लाख ९३ हजार ५३६ रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै, अरुण भ्याली हाइड्रोपावरको ५३ करोड ७ लाख, अपि पावर कम्पनीको ५१ करोड ९२ लाख, ज्योति विकास बैंकको ४८ करोड ८४ लाख र अरुण काबेली पावरको ४१ करोड ५२ लाख भन्दा माथिको कारोबार भएको छ ।