नेप्सेमा नेपाल बैंकको ३५ लाख कित्ता ऋणपत्र सूचिकृत
२६ श्रावण २०७८, मंगलवार १४:४०
काठमाडौं । नेप्सेमा नेपाल बैंकको ३५ लाख कित्ता ऋणपत्र सूचिकृत भएको छ । नेप्सेमा आज ‘८.५० प्रतिशत नेपाल बैंक ऋणपत्र २०८७’ को ३५ लाख कित्ता ऋणपत्र सूचिकृत भएको हो ।
बैंकले वैशाख २२ गतेदेखि वैशाख ३१ गतेसम्म १० वर्ष अवधिको वार्षिक ऋणपत्र निष्कासन गरेको थियो । उक्त ऋणपत्र नेप्सेमा सूचिकृत भएको हो।