मनकामना स्मार्ट लघुवित्तको खुद नाफामा देखियो आकर्षक सुधार

२१ श्रावण २०७८, बिहीबार १३:५२

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको खुद नाफा ५८९ दशमलव ३१ प्रतिशतले बढेको छ । चौथौ त्रैमाससम्ममा लघुवित्तले ३ करोड २२ लाख ३२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

अघिल्लो वर्षको सोहि अवधिमा लघुवित्तले ४६ लाख ७६ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो त्यस्तै, लघुवित्तको खुद ब्याज आम्दानी ११८ दशमलव ५३ प्रतिशतले बढेको छ ।

सञ्चालन नोक्सान ८८ करोड ६६ लाख ७५ हजार रुपैयाँ पुगेको कारण खुद नाफामा आकर्षक वृद्धि भएको हो ।लघुवित्तको रिजर्भ कोष भने १० दशमलव ७८ प्रतिशतले घटेर ३ करोड ७७ लाख रुपैयाँमा सीमित भएको छ ।लघुवित्तको प्रतिशेयर आम्दानी २६ रुपैयाँ ६० पैसा र प्रतिसशेयर नेटवर्थ १३१ रुपैयाँ १५ पैसा छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*