ग्लोबल आइएमई बैंकले तानसेन नगरपालिकाकालाई उपलब्ध गरायो कृषि अनुदान

१९ श्रावण २०७८, मंगलवार १३:५८

काठमाडौँ । ग्लोबल आइएमई बैंक र तानसेन नगरपालिकाबीच कृषि अनुदान कर्जामा सहकार्य गर्न सम्झौता भएको छ । दुईपक्षबीच किसानको पहुँच बढाउनको लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

हेफर इन्टरनेशन नेपाल तथा ग्रामिण आर्थिक विकास संघसँगको समन्वयमा ग्लोबल आइएमई बैंक र तानेसेन नगरपालिकाबीच समझदारी भएको हो ।

बैंकका तर्फबाट लुम्बिनी प्रादेशिकका उप–प्रमुख जोगलाल भुषाल र तानसेन शाखाका शाखा प्रबन्धक बिर बहादुर सारु तथा नगरपालिकाका मेयर अशोक कुमार शाहीले समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।

सो सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले तानसेन नगरपालिकाको विभिन्न ठाउँहरुमा बाख्रापालन, डेरी, तरकारी खेती, कुखुरापालन, माछापालन तथा फलफुल उत्पादन गर्ने कृषकलाई नगरपालिकाको सिफारिसमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने छ ।

साथै नगरापलिकाको समन्वयमा ग्रामिण आर्थिक विकास संघको सहजिकरणमा हेफर इन्टरनेशनल नेपालले विभिन्न उत्पादनमूलक तालिम तथा प्राविधिक सहयोग प्रदान समेत गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*