फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर खरिद अवधि थप, साउन २४ गतेसम्म आवेदन दिन पाईने

१८ श्रावण २०७८, सोमबार १२:५१

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले बिक्रीमा ल्याएको संस्थापक शेयर खरिद अवधि थप गरेको छ । संस्थाले साउन १३ गते देखि साउन १७ सम्म १ लाख कित्ता शेयर बिक्रीमा ल्याएको थियो ।

कम्पनीले तोकेको समयसम्म कुनै पनि आवेदन नपरे पछि खरिद अवधि एक हप्ताको लागि थपेर २४ गतेसम्म तय गरेको हो । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३ सय ४५ रुपैयाँ तोकिएको छ ।

संस्थापक शेयर खरिद गर्न चाहनेले इच्छुक संस्थापक शेयरधनिले तोकिएको मुल्य वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्र्नेछ । शेयरधनिले बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ता देखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीको बिक्री प्रबन्धकमा बीओके क्यापिटल रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*