आईसीएफसी फाइनान्स कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ नियुक्त
१८ श्रावण २०७८, सोमबार ११:५८
काठमाडौं । आईसीएफसी फाइनान्स कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अमित श्रेष्ठलाई नियुक्त भएका छन् ।
कम्पनीको साउन १७ गते सम्पन्न संचालक समितिको बैठकले कम्पनीका नायव महाप्रबन्धक श्रेष्ठलाई नायव प्रमुख कार्यकारी अधिकृतमा भदौ १ गतेदेखि लागू हुने गरी नियुक्त गरेको हो ।