युनियन लाइफ इन्स्योरेन्सको शेयर कारोबार सुरु, कतिमा भयो पहिलो खरिद बिक्री ?

१८ श्रावण २०७८, सोमबार ११:००

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार आजबाट सुरु भएको छ । नेप्सेको प्रि म्याचिङ सेसनमा आज पहिलो कारोबार म्याच भएको हो । नेप्सेमा उक्त कम्पनीको शेयर ३४२ रुपैयाँ प्रतिकित्ताको दरले कारोबार भएको छ ।

अब सोही आधारमा मूल्यमा रहेर दैनिक १० प्रतिशतको सीमाभित्र मूल्य बृद्धि हुने गरी कारोबार हुनेछ । युनियन लाइफ इन्स्योरेन्सको ६४ करोड रुपैयाँ बराबरको ६४ लाख कित्ता आईपिओ नेप्सेमा सूचिकृत भइसकेको छ ।

३४२ रुपैयाँबाट सुरु भएको कारोबार अहिले (११ः१० बजे) मूल्यबृद्धि भई ३५५ पुगिसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*