सानिमा बैंकद्धारा बाल अस्पताल निर्माणका लागि १ करोड सहयोग
१७ श्रावण २०७८, आईतवार १४:१३
काठमाडौँ । सानिमा बैंकले बाल अस्पताल निर्माणका लागि १ करोड रुपैयाँ सहयोग गरेको छ । बैंकले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई बाल अस्पताल निमार्णका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो रकम आर्थिक सहयोग प्रदान गर्न समझदारीपत्रमा हस्ताक्षर गरेको हो ।
सो समझदारी पत्रमा बैंकका तर्फबाट काउन्टर तथा नायब प्रमुख कार्यकारी अधिकृत तेज बहादुर चन्द र इन्स्टिच्युटका तर्फबाट डा. भगवान कोइरालाले हस्ताक्षर गरेका हुन् ।
इन्स्टिच्युटले बालबालिकाको अत्यावश्यक स्वास्थ्य सेवा प्रदान गर्नका लागि राजधानी तथा देशभरमा सुविधा सम्पन्न अस्पताल निर्माण गर्दै आएको छ । हाल सानिमा बैंकले देशभरमा ८६ वटा शाखा कार्यालय, १८ बिस्तारित काउन्टर र ९६ वटा एटीएमबाट सेवा दिदै आएको छ ।