तेह्रथुप पावरले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आइपीओ निष्काशन गर्ने

२८ असार २०७८, सोमबार ११:१५

काठमाडौं । विभिन्न कम्पनीहरुले लगातार आईपीओ निष्काशन गर्ने क्रममा तेह्रथुम पावरले पनि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आगामी साउन ५ गतेदेखि आइपीओ निष्काशन तथा बिक्री गर्ने भएको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले तेह्रथुम जिल्लाका बासिन्दाहरुका लागि प्रतिकित्ता १०० अंकित मूल्यका ४ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो ।

सो शेयर खरिदका लागि लगाीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ६० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने जनाएको छ । आइपीओ निष्काशनको अवधि साउन ५ देखि साउन १९ गतेसम्म रहनेछ । सो अवधिभित्र मागबमोजिमको आवेदन नपरेको खण्डमा भदौ २ गतेसम्म अवधि लम्बिने कम्पनीले जनाएको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । इच्छुक लगानीकर्ताले आवेदन दिनका लागि माछापुच्छ्रे बैंकको हिले, धनकुटा शाखा कार्यालय, नेपाल बङ्गलादेश बैंकको सक्रान्ती, फेदाप, छथर, सिधुवा, साँगुरीगढी र राजारानी शाखा कार्यालय, ग्लोबल आइएमई बैंकको जिरि खिम्ती शाखा, म्याङलुङ, तेह्रथुम र जलविद्युत आयोजना स्थल मेन्छ्यायेमा गाउँपालिका, तेह्रथुमबाट आवेदन दिन सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*