यूनियन लाइफको आइपीओमा कति पर्यो आवेदन ?

२७ असार २०७८, आईतवार १८:५४

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्सको प्राथमिक शेयरमा १८ लाखभन्दा बढीले आवेदन गरेका छन् । सिडिएससीका अनुसार आज साँझसम्ममा कम्पनीकोे शेयरमा १८ लाख १४ हजार २६५ जनाले आवेदन दिएका छन् ।उल्लेखित आवेदकबाट २ अर्ब ९१ करोड ५३ लाख ६५ हजार रुपैंया बराबरको २ करोड ९१ लाख ५३ हजार ६५० कित्ता शेयर माग भएको छ ।

कम्पनीले ६४ लाख ५० हजार कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५८ लाख ५ हजार कित्ता शेयर सर्वसाधारणमा निष्काशन गरिरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*