पछिल्लो २४ घण्टामा १८३१ जनामा कोरोना संक्रमण पुष्टि
२७ असार २०७८, आईतवार १७:११
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १८३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५,५३५ वटा पीसीआर परीक्षण गरिएकोमा १२३७ जना र ३६८३ वटा एन्टिजेन परीक्षणमा ५९४ गरी कुल १८३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सोही अवधिमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १५३३ रहेको छ । यसैगरी सो अवधिमा मृत्यु हुनेको संख्या २० रहेको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ३८२ पुगेको मन्त्रालयले जनाएको छ ।
हाल देशभर २६ हजार १७३ जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले बताएको छ ।