सानिमा जनरल इन्स्योरेन्सको तेस्रो बार्षिक साधारणसभा सम्पन्न, संचालकमा प्रकाश मान श्रेष्ठ र प्रपुजा पोखरेल निर्वाचित

२३ असार २०७८, बुधबार १२:५६

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीको तेश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज कम्पनीको केन्द्रिय कार्यालय, कमलादी, काठमाडौँमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।

सभामा समुह ’ख’ अन्तर्गत सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन निर्विरोधि चयन भएका छन् । सर्वसाधरणबाट संचालकमा प्रकाश मान श्रेष्ठ र प्रपुजा पोखरेललाई निर्वाचित गरिएको हो ।

साथै सभामार्फत् आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिएको छ ।
सभामा आर्थिक वष को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिएको छ।

त्यस्तै, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू पनि छलफल गरी पारित गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*