नेप्से सामान्य अंकले घट्दा ४ अर्ब २२ करोडको शेयर कारोबार

२२ असार २०७८, मंगलवार १६:०६

काठमाडौं । नेप्से आज ५.२४ अंकले घटेको छ । योसँगै नेप्से परिसूचक २८१८.११ को विन्दुमा झरेको छ।राम्रा र बलिया कम्पनीको सूचक पनि सेन्सेटिभ इडेक्स पनि १.९७ अंकले घटेर ५२६.७५ को विन्दुमा ओर्लेको छ। कारोबार रकम सवा ४ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।

नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ५ वटामा हरियाली छाएको छ भने ८ वटा उपसूचक राताम्मे भएको छ ।यो दिन निर्जीवन बीमा समूह सर्वाधिक १.२० प्रतिशतले उकालो लागेको छ। उत्पादन तथा प्रशोधन समूह १.०२ प्रतिशतले बढेको आज बैंकिङ समूहमा ०.१९ प्रतिशत, जीवन बीमा समूहमा ०.०५ प्रतिशत र लघुवित्त समूहमा ०.०३ प्रतिशतले बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*