व्यवसायीलाई बिना धितो कर्जा उपलब्ध गराउन ज्योति विकास बैंकको रेबानसँग सम्झौता

२१ असार २०७८, सोमबार १६:४३

काठमाडौं । ज्योति बिकास बैंक र नेपाल रेष्टुरेन्ट तथा बार एशोसियेसन नेपाल (रेबान) बीच सहकार्यका लागि आज सम्झौता भएको छ । बैंकले रेबानमा आबद्ध व्यवसायी र कर्मचारीलाई बैंकिङ्ग सेवा उपलब्ध गराउने सम्बन्धमा दुई पक्षबीच सम्झौता भएको हो ।

एक कार्यक्रमकाबीच ज्योति विकास बैंकका तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पारस राज कंडेल र नेपाल रेष्टुरेण्ट तथा रेबानका तर्फबाट अध्यक्ष अरनिको राजभण्डारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सो सम्झौतापश्चात रेबानमा आबद्ध व्यवसायी तथा त्यस्ता संस्थामा कार्यरत कर्मचारीलाई बैंकमा १५ लाख रुपैयाँसम्मको बिना धितो सहुलियतपूर्ण कर्जा उपलब्ध हुनेछ । साथै बैंकले विशेष छुटमा प्रोफेसनल लोन समेत उपलब्ध गराउनेछ ।

त्यस्तै बैंकले सहज वित्तिय सेवा प्रदान गर्नुका साथै रेबानमा आबद्ध व्यवसायी तथा कर्मचारीहरुलाई डिजिटल बैंकिंङ्ग सेवाहरु प्रदान गर्ने र सहजै सुचारु गरि व्यवसायमा लागू गर्न पनि सहयोग गर्ने जनाएको छ ।

साथै बैंकले आधुनिक बैंकिङ्ग, वितिय साक्षरता, उद्यमशीलता विकासका निमित्त रेबान संगको सहकार्यमा विभिन्न कार्यक्रमहरु संचालनमा ल्याउने समेत जानकारी गराएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*