आरविवि मर्चेन्चद्धारा हितग्राहीलाई डिम्याट खाता नविकरण गर्न अनुरोध
२१ असार २०७८, सोमबार ११:०८
काठमाडौं । आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेड तथा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्ना हितग्राहीलाई डिम्याट खाता नविकरण गर्न अनुरोध गरेको छ ।
मर्चेन्टले आर्थिक वर्ष २०७७/०७८ को मसान्तसम्ममा हितग्राही खाता संचालन गरेवापत वार्षिक शुल्क १०० रुपैंयाँ बुझाई डिम्याट नविकरण गर्न अनुरोध गरेको हो । मर्चेन्टले केन्द्रिय कार्यालय टेकु, काठमाडौंमा अर्थात आफुलाई पायक पर्ने वाणिज्य बैंकका शाखाहरुमा गई असार मसान्त भित्रमा शुल्क बुझाउन आह्वान गरेको छ ।
साथै विद्युतीय भुक्तानी माध्यमहरु कनेक्ट आइपिएस, फोन पे, ई–सेवा, प्रभु पे, खल्ती, आईएमई पे र राष्ट्रिय वाणिज्य बैंकको आरविवि स्मार्ट एप मार्फत पनि नविकरण शुल्क तिर्न सकिने मर्चेन्टले जनाएको छ ।
मर्चेन्टले तोकिएको समयभित्र डिम्याट खाता नविकरण नगरेमा खाता स्वतः रोक्का (फ्रीज) हुने जानकारी समेत गराएको छ ।