यी हुन आजका सर्वाधिक कारोबार गर्ने टप १० कम्पनी, कसको कतिको भयो कारोवार ?
२० असार २०७८, आईतवार १५:१८
काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आज नेपाल इन्स्योरेन्स कम्पनीको सर्वाधिक कारोबार भएको छ । सो कम्पनीको आज २१ करोड ५७ लाख १६ हजार ५८९ रुपैयाँको कारोबार भएको छ । त्यस्तै दोस्रो नम्वरमा रहेको १९ करोड ४६ लाख ५८ हजार २९ रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, अपर तामाकोशी हाइड्रोपावरको १६ करोड, हिमालयन डिस्टिलरीको १३ करोड, नेशनल हाइड्रोपावरको १३ करोड, एनआईसी एसियाको १२ करोड, ज्योति विकास बैंकको ११ करोड, हाइड्रो इलेक्ट्रीसिटीको ११ करोड, युनाइटेड मोदी हाइड्रोपावरको १० करोड र एनएलजी इन्स्योरेन्सको नौ करोड ९१ लाख रुपैयाँको कारोबार भएको छ ।
असार महिनाको सुरुवाती समयमा एउटै कम्पनीको अर्बमाथि कारोवार हुने गरेकोमा पछिल्ला दिनहरुमा शेयर कारोबार ह्वात्तै घटेको छ ।