एलआईसी नेपालद्धारा मृत्यु दाबी भुक्तानी
२० असार २०७८, आईतवार १४:००
काठमाडौं । एलआईसी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले मृतकको परिवारलाई १४ लाख ४२ हजार रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेको हो ।
मृतक बीमित विष्णु प्रसाद आचार्यको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । उनले कम्पनीमा ६ वर्ष अघि खरिद गरेको १० लाखको बीमाको वार्षिक किस्ता नियमित भुक्तानी गरि ४ लाख ९६ हजार २०० जम्मा गरेका थिए ।
उक्त चेक कम्पनीले मृतककै घरमै गएर हस्तान्तरण गरेको थियो ।