लक्ष्मी बैंकले २ अर्बको ऋणपत्र निष्काशन गर्ने

२० असार २०७८, आईतवार १०:४५

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले ऋणपत्र निष्काशन तथा बिक्री गर्ने भएको छ । बैंकले यहि असार २८ गतेदेखि वार्षिक साढे ८ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्ने भएको हो ।

बैंकले १० वर्षे अवधि रहेको ‘एनआईसी एशिया ऋणपत्र २०८८’ ८.५० प्रतिशत ब्याजदरमा निष्काशन गर्न लागेको हो । जसमा बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । सोमध्ये ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ ।

बैंकका अनुसार सो ऋणपत्रमा लागि छिटोमा असार ३१ गतेसम्म आवदेन दिन सकिनेछ । सो समयभित्र पूर्ण आवेदन नपरेमा निष्काशन तथा बिक्री अवधि लम्ब्याई साउन ११ गतेसम्म आवेदन मिति थपिने बैंकले जनाएको छ । इच्टछुक लगानीकर्ताले सो ऋणपत्रको लागि न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

इच्छुक लगानीकर्ताले सो ऋणपदमा आवेदन दिनका लागि सी आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालहरुबाट दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*