लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीकाे संस्थापक शेयर बिक्रिमा
१८ असार २०७८, शुक्रबार १३:०८
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले संस्थापक शेयर बिक्रि गर्ने भएको छ। कम्पनीले १ लाख १६ हजार ४६४ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको हो ।
शेयरको मूल्य प्रतिकित्ता ४ सय २१ रुपैयाँ ६३ पैसामा विक्री गर्न स्वीकृतिको लागि निवेदन परेको छ । उक्त शेयर खरिदका लागि कम्पनीका हाल कायम रहेका संस्थापकहरुले सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र निवेदन पेश गर्न आग्रह गरेको छ।