नेको इन्स्योरेन्स कम्पनीको शेयर मूल्य समायोजन

१८ असार २०७८, शुक्रबार १०:४६

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको बुक क्लोजपछिको शेयर मूल्य समायोजन गरिएको छ । हिजो अन्तिम कारोबार हुँदा प्रतिकित्ता १६५० रुपैयाँमा अन्तिम कारोबार भएको नेको इन्योरेन्सको शेयर आजबाट १४२९ रुपैयाँबाट कारोबार हुनेछ ।

नेको इन्स्योरेन्स कम्पनीले साधारणसभापछि वितरण हुने १५.५० प्रतिशत लाभांशपछि शेयर मूल्य समायोजन गरेको हो । नेप्सेमा हिजोसम्म कारोबार भएका शेयरधनीहरुले कम्पनीले वितरण गर्ने १५.५० प्रतिशत लाभांश लिन पाउनेछन् । आजबाट लाभांश नपाउने गरी कारोबार खुल्ला गर्नुअघि शेयर मूल्य समायोजन गरिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*