नागरिक लगानी कोषको २६औं वार्षिक साधारण सभा आज
१८ असार २०७८, शुक्रबार ०८:१६
काठमाडौं । नागरिक लगानी कोषको २६औं वार्षिक साधारण सभा आज हुने भएको छ।कम्पनीको सभा आज दिउँसो २ बजे कोषको केन्द्रीय कार्याल नयाँ बानेश्वरमा हुने भएको छ । उक्त सभाले ९ प्रतिशत बोनस शेयर र ८ दशमलव ८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभा प्रयोजन र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका असार ८ गते बन्द भइसकेको छ । असार ७ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन पाउनेछन् ।