आइएमई जनरल इन्स्योरेन्स र शंखरापुर नगरपालिकाबीच सम्झौता

१७ असार २०७८, बिहीबार १३:५८

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र शंखरापुर नगरपालिकाबीच सम्झौता भएको छ ।कम्पनी र नगरपालिकाबीच नगरवासीको भौतिक सम्पत्ति, बालिनाली, पशुपन्छी तथा कृषकहरुको व्यक्तिगत दुर्घटना बीमा गराउने सम्बन्धी सम्झौता भएको हो

।उक्त सम्झौतापत्रमा कम्पनीका सिईओ युगेशभक्त बादे श्रेष्ठ र नगरपालिकाको तर्फबाट नगर प्रमुख सुवर्ण श्रेष्ठले हस्ताक्षर गरेका गरेका छन् ।

सम्झौता अनुसार नगरपालिकावासीको भौतिक सम्पत्ति, बालिनाली, पशुपन्छी तथा कृषकहरुको व्यक्तिगत दुर्घटना कम्पनी माार्फत हुने भएको छ।नगर प्रमुख सुवर्ण श्रेष्ठले आफूले आफना नगरावासीहरुको पशुपन्छी, बालिनालीको बीमा पश्चात कुनै कृषकको बीमा गरिएको कुनै पनि सम्पत्तिको हानी नोक्सानी भएमा सो को क्षतिपूर्ति तुरुन्त प्राप्त गर्न नगरपालिकाले कम्पनीसँग सम्झौता गरी व्यवस्था मिलाएको हुनाले कृषकहरुले आफ्नो सम्पत्तीको बीमा गरी पशुपन्छी पालन लयागत कृषि उपजमा व्यक्तिगत र व्यावसायिक रुपमा लगानी गरी उत्पादन पढाउन अनुरोध गरेका छन् ।

यस कार्यमा नगरपालिकाले अभिभावकको रुपमा रहेर नगरवासीहरुलाई सेवा गर्ने प्रतिवद्धता व्यक्त गरे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*