साढे ८ लाख कित्ता आइपीओ निष्काशनको तयारीमा रहेको राष्ट्र उत्थान लघुवित्तको नाफामा आयो आकर्षक सुधार

१३ श्रावण २०७८, बुधबार १५:५४

काठमाण्डौ । सर्वसाधारण शेयर (आइपीओ) निष्काशको तयारीमा रहेको राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरणअनुसार कम्पनीले झण्डै २०० प्रतिशत नाफा कमाउन सफल भएको हो ।

सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले ४ करोड ९५ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो वर्ष सोही अवधिमा कम्पनीले १ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको थियो । जुन अघिल्लो वर्षको तुलनामा गत आ.व.को सोही अवधिमा कम्पनीले २०० झण्डै २ सय प्रतिशतले बढि कमाउन सफल भएको हो ।

त्यस्तै, सोही अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि २७०.९२ प्रतिशतले बढेको देखिएको छ । अघिल्लो वर्ष २ करोड ७ लाख रुपैयाँ सञ्चालन मुनाफा रहेकोमा समीक्षा अवधिमा बढेर ७ करोड ७० लाख रुपैयाँ पुगेको हो ।

साथै संस्थाको खुद ब्याज आम्दानी समेत बढेको छ । अघिल्लो वर्ष ११ करोड ११ लाख खुद ब्याज आम्दानी रहेको बढेर १८ करोड ६६ लाख रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा कर्जा परिचालन समेत बढ्न पुगेको छ । संस्थाले अघिल्लो वर्ष सोही अवधिमा ६६ करोड ९१ लाख रुपैयाँ सापटी लिई १ अर्ब २९ करोड रुपैयाँ कर्जा परिचालन गरेकोमा पछिल्लो वर्षको सोही अवधिमा २ अर्ब १५ करोड रुपैयाँ सापटी लिई २ अर्ब ५८ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ ।

संस्थाको रिजर्भको आकार पनि ६५.४२ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष ७ करोड २७ लाख रुपैयाँ रहेको रिजर्भमा बढेर १२ करोड ३ लाख रुपैयाँ पुगेको छ ।संस्थाको चुक्तापुँजी १७ करोड ५० लाख रुपैयाँ रहेको छ ।

कम्पनीले ८ करोड ५० लाख रुपैयाँबराबरको ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्दैछ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*