नेप्से १५ अंकले बढ्दा १३ अर्ब माथिको कारोबार, यूनाईटेड मोदी हाइड्रोपावरको सर्वाधिक कारोबार

१३ श्रावण २०७८, बुधबार १५:२४

काठमाडौं । आज नेप्से परिसूचक १५ अंकले बढेको छ । नेप्से परिसूचक १५ दशमलव ३० अंकले बृद्धि भई ३०९४.९५ विन्दुमा कायम भएको छ । बुधबार २१९ कम्पनीको २ करोड ८१ लाख ७० हजार १७२ कित्ता शेयर किनबेच हुँदा १३ अर्ब २९ करोड १९ लाख ५४ हजार ५३५ रुपैयाँको कारोबार भएको छ ।

नेप्से समूहमा रहेको १३ उपसूचक मध्ये ४ समूह बाहेकका सबै समूहमा हरियाली छाएको छ । आज सर्वाधिक निर्जीबन बीमा समूहमा ४४९.५६ अंकले बृद्धि भएको छ ।

त्यस्तै आज सर्वाधिक कारोबार हुने कम्पनीमा यूनाईटेड मोदी हाइड्रोपावर रहेको छ । कम्पनीको आज ३८ करोड ६१ लाख ४७ हजार ८१८ रुपैयाँको कारोबार भएको हो । लगानीकर्ताहरु बुधबार हाइड्रोपावर कम्पनीमा झुम्मिएका छन् ।त्यस्तै,  आज ३ वटा कम्पनीको सर्किट लेभलमा कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*