सबैको लघुवित्तको सबै सूचांक सकारात्मक
काठमाडौं । सबैको लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमासमा सबै सूचांकमा सकारात्मक सुधार ल्याएको छ । चौथो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले समीक्षा अवधिमा ११ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो वर्षको सोहि अवधिमा संस्थाले ३ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो । अघिल्लो वर्षको लघुवित्तको नाफा ३२१।६७ प्रतिशतले बढी हो।
यो अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि १७६।६२ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष ५ करोड ४७ लाख रुपैयाँ सञ्चालन मुनाफा रहेकोमा समीक्षा अवधिमा बढेर १५ करोड ५१ लाख रुपैयाँ पुगेको छ।
त्यस्तै, यस त्रैमासससम्ममा संस्थाको खुद ब्याज आम्दानी ४८।९८ प्रतिशतले बढेर २३ करोड ७६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी १५ करोड ९४ लाख रुपैयाँ रहेको थियो।
समीक्षा अवधिमा संस्थाले २ अर्ब ४० करोड रुपैयाँ सापटी लिई ३ अर्ब ४३ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले १ अर्ब ४६ करोड रुपैयाँ सापटी लिई १ अर्ब ९७ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।
संस्थाको रिजर्भको आकार पनि १९५।९६ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष ४ करोड ३२ लाख रुपैयाँ रहेको रिजर्भमा बढेर १२ करोड ८० लाख रुपैयाँ पुगेको छ।
चुक्तापुँजी २० करोड ६० लाख रुपैयाँ रहेको संस्थाको वार्षिकीकरण प्रतिसेयर आम्दानी ९ईपीएस० ५५।४९ रुपैयाँ रहेको छ। मूल्य आम्दानी अनुपात ९पीई रेसियो० ३२।७१ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १६२।१३ रुपैयाँ रहेको छ।