ज्योति विकास बैंकको १५ लाख कित्ता ऋणपत्र बाँडफाँड

११ श्रावण २०७८, सोमबार ११:५३

काठमाडौँ । ज्योति विकास बैंकले वार्षिक ९ प्रतिशत ब्याजदर भएको ‘ज्योति विकास बैंक बण्ड २०८७’ को बाँडफाड गरेको छ । बैंकले असार २० गते देखि असार ३० गतेसम्म निष्कासन तथा बिक्री खुल्ला गरेको सो ऋणपत्र साउन ८ गते बाँडफाँड गरेको हो ।

बैंकले प्रतिकित्ता १ हजार अकिंत मूल्यका लागि १५ लाख कित्ता बिक्री गरेको थियो । जसमध्ये व्यक्तिगत तवरबाट ९ लाख कित्ता ऋणपत्रले हुन आउने कूल ९० करोड रुपैयाँ ऋणपूँजी र ६ लाख कित्ता ऋणपत्रले हुन आउने कूल ६० करोड रुपैयाँ ऋणपूँजी रकम सर्वसाधारणका लागि बिक्री गरेको थियो ।

बाँडफाँड सम्बन्धी विवरण सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट सञ्चालित मेरो शेयरको वेबसाइड बाट हेर्न सकिने बैंकले जनाएको छ । निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*