नेप्सेमा नेपाल एग्रो लघुवित्तको बोनस शेयर सूचिकृत
५ श्रावण २०७८, मंगलवार १४:०९
काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर आज नेप्सेमा सूचिकृत भएको छ ।
कम्पनीको ८० हजार १४८ दशमलव २६ कित्ता बोनस शेयर सूचिकृत भएको हो । सो शेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरिदबिक्री गर्न पाउनेछ ।
कम्पनीको असार २१ गते साधारण सभाबाट पारित भएको १४ प्रतिशत बोनस शेयर सूचिकृत भएको हो ।