गुँरास लाइफ इन्स्योरेन्सको शेयर संरचना परिवर्तन
४ श्रावण २०७८, सोमबार १५:४१
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण भएको छ ।
कम्पनीको १९ लाख ७५ हजार ५८४ दशमलव ६ कित्ता शेयर आज सर्वसाधारण शेयरमा रुपान्तरण भएको छ । शेयर संरचना संस्थापकको ६० प्रतिशत र सर्वसधारणको ४० प्रतिशत (६०ः४०) कायम भएको छ ।