मेरो माइक्रोफाइनान्स लघुवित्तको बोनस शेयर नेप्सेमा सूचिकृत
३० असार २०७८, बुधबार १३:१५
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ ।
कम्पनीको १४ लाख ४८ हजार ६०० कित्ता बोनश शेयर आज नेप्सेमा सूचिकृत भएको हो । बोनस शेयर सूचिकृतपश्चात लगानीकर्ताले भोलीदेखि नै सो शेयर खरिदबिक्री गर्न सक्नेछन् ।
कम्पनीको सम्पन्न बार्षिक साधारण सभाबाट पारित भएको कुल चुक्ता पुँजीको १६ दशमलव ९४ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचिकृत भएको हो ।