सुनको मूल्य २ सयले बढ्यो, प्रतितोलाको मूल्य कति?

२९ असार २०७८, मंगलवार १२:२३

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा २ सयले बढ्ेको छ । हिजो सोमबार प्रतितोलामा २ सयले घटेको सुनको मूल्य आज सोहि मूल्यमा बढेको हो ।

आज बजारमा छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ४०० रुपैयाँ र तेजाबि सुनको मूल्य ९१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

त्यसैगरी, हिजो भने छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार २०० र तेजाबी सुनको मूल्य ९१ हजार ७०० मा कारोबार भइरहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्यमा पनि सामान्य बदली आएको छ । हिजो सोमबार १ हजार ३१० मा कारोबार भइरहेको चाँदी आज प्रतितोलामा १० रुपैयाँले बढेर १ हजार ३२० मा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*