सांग्रिला डेभलपमेन्ट बैंकको बोनस शेयर डिम्याट खातामा
२९ असार २०७८, मंगलवार १२:०४
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले बोनस शेयर डिम्याट खातामा जम्मा गरेको छ । बैंकले आफ्नो हितग्राहीको डिम्याट खातामा ५ प्रतिशत बोनस शेयर जम्मा गरेको हो ।
बैंकको १६ औँ साधारसभाले ६ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । बैंकले चैत ९ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनिहरुको खातामा बैंकले ५ प्रतिशतका दरले हुन आउने रकम जम्मा गरेको छ ।
साथै सो अवधिसम्म शेयर अभौतिकीकरण नगरेका शेयरधनिहरुलाई शिघ्र शेयर अभौतिकीकरण गराई आफ्नो खातामा विवरण बुझाउन बैंकले अनुरोध गरेको छ । सांग्रिला बैंकको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापीटल लिमिटेड रहेको छ ।