ङादी ग्रुप कम्पनीको अध्यक्षमा गुरागाई नियुक्त
१६ असार २०७८, बुधबार १२:२५
काठमाडौँ । ङादी ग्रुप पावर कम्पनी लिमिटेडले अध्यक्ष नियुक्ति गरेको छ । कम्पनीको असार १५ गते बसेको सञ्चालन समितिको बैठकले अध्यक्षमा शैलेन्द्र गुरागाईंलाई नियुक्त गरेको हो ।
यस भन्दा अगाडी अध्यक्षमा रहेका डा.भोगेन्द्र कुमार गुरागाईंले आफ्नो व्यक्तिगत कारण देखाइ राजिनामा दिए पछि राजिनामा स्वीकृत गर्दै शैलेन्द्र गुरागाईंलाई नियुक्ति गरेको हो ।
आजको मितिबाट ङादी ग्रुप कम्पनीको अध्यक्ष पदको जिम्मेवार गुरागाईंले सम्हाल्नेछन् ।