जीवन विकास लघुवित्तको आइपीओमा २० लाख बढीको आवेदन, १८ लाख बढीले शेयर नपाउने
काठमाडौं । जीवन विकास लघुवित्तले निष्काशन गरेको आईपिओमा १७ गुणा भन्दा बढीको आवेदन परेको छ । कम्पनीको आईपिओमा आज साझँ ५ :४५ बजेसम्ममा २० लाख ८४ हजार ७ सय ६२ जना आवेदकबाट ३ करोड १२ लाख ६६ हजार २ सय ६० कित्ताको लागि आवेदन परेको हो ।
माग भन्दा बढीको आवेदन परेकोले कम्पनीको आईपिओ १ लाख ८४ हजार ८ सय जनाले मात्र पाउने छन् । यस हिसाबमा १८ लाख बढी आवेदक हात खाली भएका छन्यद्यपी अन्तिम तथ्याङ्क भने आउन बाँकि रहेको क्यापिटलले जनाएको छ ।
कम्पनीले असार ११ गतेदेखि आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले १ सय मूल्य अंकित दरका १९ करोड ७७ लाख ३० हजार १९ लाख ७७ हजार ३ सय कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले रू. १९ करोड ७७ लाख ३० हजार बराबरको १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्न लागेको हो । कम्पनीको जारी पूँजी रू. ६० करोड ८४ लाख को ३२ दशमलव ५० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्न लागेको हो ।
यो आईपीओ अन्तिम दिनमै १७ गुणा बढी विक्रि भैसकेकाले छिटो अवधि असार १५ गतेसम्म मात्र विक्रीमा रहनेछ । आईपीओ खरीदका लागि आवेदन दिंदा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । कम्पनीको बिक्रि प्रबन्धकमा एनएमबि क्यापिटलले जानकारी दिएको छ ।