गुँरास लाइफ इन्स्योरेन्सको संचालकको राजिनामा स्वीकृत
१५ असार २०७८, मंगलवार १२:२१
काठमाडौं । गुँरास लाइफ इन्स्योरेन्सको संचालक विनय कुमार तोदीले राजिनामा दिएका छन् । संचालक विनय कुमार तोदीले असार ११ गते व्यक्तिगत कारण देखाई सञ्चालक पदबाट राजिनामा दिएका थिए । कम्पनीको असार १४ गते सम्पन्न कम्पनीको संचालक समितिको बैठकले उक्त राजिनामा स्वीकृत गरेको हो ।
असार १४ गते बसेको सञ्चालक समितिको बैठकले उनले दिएको राजिनामा स्वीकृत भएको हो ।