एनआइसी एसिया ब्यालेन्स्ड फन्डको प्रतिइकाई खुद मूल्य कति रुपैयाँले बढ्यो ?
१३ असार २०७८, आईतवार १९:५१
काठमाडौं । जेठ मसान्तमा एनआइसी एसिया ब्यालेन्स्ड फन्डको प्रतिइकाई खुद मूल्य (न्याभ) १७ रुपैयाँ ७६ पैसा रुपैयाँ कायम भएको छ । अघिल्लो महिनाको तुलनामा फन्डको न्याभ १ रुपैयाँ ४७ पैसाले धेरै हो ।
वैशाखमा यस फन्डको न्याभ १६ रुपैयाँ २९ पैसा थियो । यसको सूचीकृत शेयरमा लगानी पनि बढेको छ । जेठ मसान्तसम्म यसले ७९ करोड २५ लाख १९ रुपैयाँ बराबरको सेयर होल्ड गरेको छ । वैशाखमा भने करोड ६४ करोड ६५ लाख ३८ हजार रुपैयाँको मात्र लगानी रहेको थियो ।