आरबीबी म्युचुअल फन्ड १ लाई निष्काशनको लागि बोर्डको अनुमति
११ असार २०७८, शुक्रबार १९:२०
काठमाडौं । नेपाल धितोपत्र बोर्डले १ अर्बको आरबीबी म्युचुअल फन्ड १ लाई निष्काशनको लागि अनुमति दिएको छ। यो ७ बर्षिय बन्दमुखी योजना हो ।
कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र योजना व्यवस्थापक तथा डिपोजिटरी आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको यो म्युचुअल फन्डलाई बोर्डले असार १० गते निष्कासनको अनुमति दिएको हो।