असार ६ देखि एनआईसी एशिया बैंकले टिकटक च्यालेन्ज प्रतियोगिता गर्ने
११ असार २०७८, शुक्रबार १६:१९
काठमाडौं । एनआईसी एशिया बैंकले टिकटक च्यालेन्ज प्रतियोगिता सार्वजनिक गरेको छ। बैंकले टिकटक भिडियो बनाउने ग्राहकलाई लक्षित गरी टिकटक च्यालेन्ज प्रतियोगिता सार्वजनिक गरेको हो ।
यही असार ६ देखि साउन ५ गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा बैंकको आधिकारिक टिकटक पेजमा बैंकले डिजिटल बैंकिङ प्रवर्द्धनार्थ तयार पारेको ‘ एमओ बैंक’ थिमका ६ वटा फरक–फरक जिंगलहरू प्रयोग गरेर सहभागी हुन सकिनेछ।
यस प्रतियोगितामा सहभागी भई प्रतिभिडियो १५ हजार रुपैयाँबराबरको आकर्षक उपहार जित्न सकिने र एकजना सहभागीको एकभन्दा बढी भिडियो छनोट भएमा १५ हजार रुपैयाँका दरले हुन आउने कुल रकमबराबरको आकर्षक उपहारको व्यवस्था बैंकले गर्नेछ। यस प्रतियोगितमा भाग लिन चाह्ने प्रतियोगिले बैंकको आधिकारिक वेवसाईटमा गएर थप जानकारी लिन सक्ने बैंैकले जनाएको छ।