समृद्धि फाइनान्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

१० असार २०७८, बिहीबार १२:२४

काठमाडौं । समृद्धि फाइनान्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।फाइनान्सले असार ३ गतेदेखि लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको संस्थापक समूहको सेयरमा आज सम्म आवेदन दिन पाईन्छ ।

फाइनान्सले गत मंसिर १० गतेदेखि मंसिर १७ गतेसम्म बिक्री खुल्ला गरेको अवितरित हकप्रद सेयरमा आवेदन नपरेको १३ लाख ८० हजार ७ सय १८ कित्ता संस्थापक समूहको सेयरहरू लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको थियो ।

लगानीकर्ताले न्युनतम एक सय कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् । आज कार्यालय अवधिभर उक्त शेयरमा आवेदन दिन पाईन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*