नेप्सेमा प्रभु सेलेक्ट फण्डको इकाई सूचिकृत
७ असार २०७८, सोमबार १५:४३
काठमाडौं । नेप्सेमा आज प्रभु सेलेक्ट फण्डको इकाई सूचिकृत भएको छ । नेप्सेमा फण्डको १२ करोड ५० लाख सामूहिक लगानी कोष इकाई सूचिकृत भएको हो ।
कम्पनीको दोस्रो बजार कारोबारको लागि उक्त इकाईलाई पिएफएस सिम्बोल प्रदान गरिएको छ ।क्यापिटलले जेठ ५ गते, बुधबारदेखि जेठ ९ गते, आइतबारसम्म प्रभु सेलेक्ट फण्ड नामक सामुहिक लगानी कोष बिक्री खुल्ला गरेको थियो । इक्रा नेपालले यो योजनालाई एएमसी ३ रेटिङ प्रदान गरेको छ ।