नेशनल माइक्रोफाइनान्सको बिशेष साधारणसभा आज
२५ जेष्ठ २०७८, मंगलवार ०७:१५
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्तको विशेष साधारण सभा आज हुने भएको छ । संस्थाको केन्द्रिय कार्यालय धादिङमा भर्चुअल माध्यमबाट बिहान ११ बजे सुरु हुने भएको छ।
सभाले महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने भएको छ । सभाले १००ः६८ सेयर स्वाप रेसियो अर्थात् महिला सहयात्राको १०० कित्ता सेयर बराबर नेशनल माइक्रोफाइनान्सको ६८ कित्ता कायम गर्ने गरी प्राप्ति गर्ने कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्ने भएको छ।