न्यायाधीश पौडेलको कोरोना संक्रमणाबट निधन
२१ जेष्ठ २०७८, शुक्रबार ०९:२०
काठमाडौं । धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको कोरोना भाइरसको संक्रमणबाट शुक्रबार निधन भएको छ । कोरोना संक्रमण भएपछि ललितपुरको स्टार अस्पतालमा भर्ना भएको पौडेलको उपचारको क्रममा शुक्रबार बिहान निधन भएको हो ।
५५ वर्षीय पौडेलको भेन्टिलेटरमा उपचार भइरहेकोमा कोरोनासँग जित्ने नसकेपछि अन्ततः संसारबाट विदा लिएका छन् । उनी कोरोनाबाट निधन हुने नेपालको पहिलो न्यायाधीश हुन् ।
उहाँको आत्माले स्वर्ग मा वास होस।