नेप्से ५५ अंकले बढ्यो, ११ अर्ब माथिको कारोबार

१९ जेष्ठ २०७८, बुधबार १५:२५

काठमाडौं । आज बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५५ दशमलव ७६ अंकले बढेको छ । नेप्से आज ५५ अंकले बढेर २८२७.१२ विन्दुमा पुगेको छ । मंगलबारको तुलनामा नेप्से हाज उच्च अंकले बढेको हो ।

आज २१९ कम्पनीले २ करोड २६ लाख १३ हजार २९ कित्ता शेयर किनबेच गर्दा ११ अर्ब ३५ करोड १८ लाख १५ हजार ३५६ रुपैयाँको कारोबार भएको छ । मंगलबार नेप्से कारोबार घटेर ८ अर्बमा पुगेको थियो ।

त्यस्तै नेप्सेको समूहमा रहेको १३ उपसूमह मध्ये आज म्युचुअल फण्ड समुह बाहेकका सबै समूहमा हरियाली छाएको छ । सबैभन्दा उच्च कारोबार गर्ने निर्जीवन समूहमा ४७९.११ अंकले बढेर सर्वाधिक कारोबार गर्न सफल भएको हो । त्यसलगत्तै जीवन बीमा समूहमा ३७४.१७ अंकले बढेर कारोबार भएको हो भने विकास बैंक समूहमा २२५.६६ अंकले बढेर आज हरियाली छाएको हो ।

त्यस्तै क्रमशः विकास बैंक समूहमा ८.८ अंक, व्यापार समूहमा १५.१२ अंक, होटल तथा पर्यटन समूहमा ९२.३५ अंक, जलविद्युत् समूहमा ८१.८२ अंक, वित्त समूहमा १३७.८३ अंक, उत्पादन तथा प्रशोधन समूहमा १३६.३४ अंक, अन्य समूहमा ११०.७७ अंक, लघुवित्त समूहमा ६९.६३ अंक र लगानी समूहमा ०.९२ अंकले बढेर आज हरियाली छाएको छ ।

त्यस्तै आज म्युचुल फण्ड समूहमा भने ०.०२ अंकले गिरावट आएर रातो अंकमा परिणत भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*