नेप्सेमा सनराइज ब्लूचिप फण्ड सूचीकृत, आईतबारदेखि कारोबार हुने
१३ जेष्ठ २०७८, बिहीबार १८:२९
काठमाडौं । नेप्सेमा सनराइज ब्लूचिप फण्ड सूचीकृत भएको छ । उक्त फण्ड आज(जेठ १३ गते) नेप्सेमा सूचीकृत भएको हो ।
उक्त फण्ड प्रति इकाई मूल्य १० रुपैयाँ कायम भएको १२ करोड ५० लाख इकाई सामूहिक लगानी कोष इकाई फण्ड सूचीकरण गर्ने सम्झौता भएको हो । यससँगै उक्त फण्ड आगामी आइतबार अर्थात जेठ १६ गतेदेखि ‘एसबीसीएफ’ सिम्बोल मार्फत दोश्रो बजारमा कारोबार हुने छ ।