युनियन लाइफले आइपीओ निष्काशनका लागि पायो रेटिङ
६ जेष्ठ २०७८, बिहीबार १८:४८

काठमाडौं । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले यूनियन लाइफ इन्स्योरेन्स कम्पनीलाई आइपिओ निष्काशनका लागि ‘इक्रा एनपि आइआर ट्रिपल बि’ रेटिङ प्रदान गरेको छ।
इक्रा नेपालले दिएको उक्त रेटिङले समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन् ।कम्पनीले ६४ करोड ५० लाख रुपैयाँको प्राथमिक शेयर निष्काशनका लागि रेटिङ गराएको हो । इक्रा नेपालबाट रेटिङ प्राप्त गरेसँगै कम्पनीले नेपाल धितोपत्र बोर्डमा आइपीओ निष्काशनको अनुमतिका लागि निवेदन दिने भएको छ।
इक्रा नेपालले गरेको इस्यु रेटिङ अनुसार मध्यम किसिमको सुरक्षाको संकेत गर्ने ‘इक्रा एनपि आइआर ट्रिपल बि प्लस’ प्राप्त गरेको छ। यस सूचकले यदि कम्पनीले समयमा वित्तीय दायित्व पुरा गरेको खण्डमा मध्यम किसिमको सुरक्षा रहेको संकेत प्रदान गर्छ।