नेप्सेमा उत्साह जारी, दोस्रो दिन झण्डै १० अर्बको शेयर खरिद बिक्री

३ जेष्ठ २०७८, सोमबार १५:०७

काठमाडौं । धितोपत्र बजारमा लगानीकर्ताहरुको उत्साह अझै बढिरहेको छ । साताको दोस्रो दिन आज लगानीकर्ताहरुले उत्साहप्रद कारोबार गर्दै झण्डै १० अर्ब रुपैयाँको शेयर खरिद बिक्री गरेका छन् । सोमबार उत्पादन, विकास बैंक र पर्यटन क्षेत्रको औसत शेयर मूल्य घटेका छन् भने बाणिज्य बैंक, लगानी समुह, दुवै बीमा क्षेत्रको मूल्य परिसूचकमा हरियाली देखिएका छन् ।

सोमबार नेप्से परिसूचक २०.७१ अंकले बृद्धि भई २७५९.२१ मा पुगेको छ । सोमबार कूल नौ अर्ब ५२ करोड ११ लाख १२ हजार ५६३ रुपैयाँको कारोबार भएको छ । नेप्सेमा यो साता निकै उत्साहप्रद कारोबार भइरहेको छ । सबैभन्दा बढि अन्य उपसमुह २.६३ प्रतिशतले बृद्धि भएको छ । त्यस्तै जलविद्युत क्षेत्र २.५२ प्रतिशतले बृद्धि भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*