युनाईटेड इन्स्योरेन्सको संस्थापक शेयर साधारण शेयरमा रुपान्तरण
३० बैशाख २०७८, बिहीबार १४:१२
काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर साधारण शेयरमा रुपान्तरण भएको छ ।नेप्सेमा कम्पनीले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।
कम्पनीको ९ लाख २५ हजार ३४३ दशमलव ९१ कित्ता संस्थापक शेयर आज साधारण शेयरमा परिणत भएको हो ।योसँगै कम्पनीको संस्थापक र साधारण शेयरको संरचना ५१:४९ अनुपात कायम रहेको छ ।